चीन–अमेरिका सम्बन्धमा बलुन र मानवरहित वस्तुले  मच्चाएको हलचल

चीन–अमेरिका सम्बन्धमा बलुन र मानवरहित वस्तुले  मच्चाएको हलचल

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २९, २०७९

अमेरिकी आकाशमा पछिल्लो समयमा भेटिएका बलुन र मानवरहित वस्तुले हलचल मच्चाएको छ । हालै अमेरिकाको अलास्का राज्यमाथि निकै उचाइमा देखा परेको एक मानवरहित वस्तु खसालिएको अमेरिकाले दाबी गरेको छ । त्यो अपरिचित वस्तुलाई उत्तर ध्रुवीय महासागरमाथि अमेरिकी लडाकु विमान एफ–२२ ले क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको थियो । त्यो वस्तु के थियो र कहाँबाट आएको हो भन्ने स्पष्ट भइसकेको छैन । 

अमेरिकी हवाई क्षेत्रमा उडिरहेको एउटा बलुन गत साता मात्रै अमेरिकी सेनाले खसालेको थियो । त्यसको एक सातापछि फेरि अलास्कामा सोही प्रकारको अर्को घटना बाहिर आएको हो । एउटा सानो आकारको कारजत्रो सो वस्तुका भग्नावशेष संकलन र अनुसन्धानको काम भइरहेको अमेरिकी सेनाले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ताले त्यो विमान नरहेको जनाएका छन् । उता क्यानडाकी रक्षामन्त्री अनिता आनन्दले आफ्नो देशले सो वस्तुको अवस्थिति थाहा पाउन एक विमान पठाएर सहयोग गरेको जनाएकी छन् । 

अलास्काको आकाशमाथि सो वस्तु रहेको जानकारीपछि राष्ट्रपति जो बाइडेनले त्यसलाई खसाल्न आदेश दिएका थिए । मानवरहित सो वस्तु एउटा सानो कारको जत्रै आकार भएको र त्यो नागरिक उड्डयनमा खतरा उत्पन्न गर्ने देखिएको ह्वाइटहासका प्रवक्ता जोन किर्बीले बताएका छन् । उनले पनि सो वस्तु कुन उद्देश्यका लागि उडाइएको थियो भन्ने यकीन नभएको बताएका छन् ।

एउटा बलुन खसाल्न अमेरिकाले लडाकु जेटको प्रयोग गरेको थियो । सो बलुनका टुक्रा खोज्न पनि दुई वटा नौ सैनिक पानी जहाज र एउटा क्रेन परिचालन गरिएको थियो । अमेरिकाले बलुन संवेदनशील क्षेत्रमा जासुसी गर्न प्रयोग गरिएको दाबी गरेको थियो । 

तर अलास्काको उत्तरी तटमाथि ४० हजार फिटको उचाइमा उडिरहेको थियो । जुन व्यवसायिक उडानहरु जत्तिकै माथि हो । व्यवसायिक उडानहरु ४५ हजार फिटसम्मको उचाईमा उड्ने गर्छन् । त्यसअघि सो वस्तु अलास्कामाथि २० देखि ४० माइल प्रतिघण्टाको गतिमा उडिसकेको थियो । त्यसमा गोली प्रहार गरेर खसाल्दा साउथ क्यारोलिनाको तटबाहिर थियो ।

खसालिएको सो वस्तुबारे थप अनुसन्धानका लागि त्यसका टुक्रा संकलन गर्न बफर्ट सागरमा हेलिकप्टर र विमानहरू परिचालन गरिएका छन् । बिहीबार राति देखा परेको सो वस्तु राज्य वा कम्पनीको वा कसैको निजी स्वामित्वमा छ भन्ने खोजी भइरहेको छ । खसाल्नुअघि लडाकू विमानहरु सो वस्तु नजिकै गएर मानव भए÷नभएको निश्चित गरेको थियो । मानवरहित भएको पाइएपछि राष्ट्रपति बाइडेनले खसाल्न आदेश दिएका थिए । 

यसअघि अमेरिकाले आफ्नो देशका महत्वपूर्ण सैनिक क्षेत्रहरूको जासुसी गरेको भन्दै एउटा विशाल चिनियाँ बलुन खसालेको थियो । यो बलुनले पनि साउथ क्यारोलिनाको तटीय क्षेत्र पार गरेको थियो । यो घटनालाई लिएर चीनले भने अमेरिकाप्रति आक्रोश व्यक्त गरेको थियो । उसले मौसम अवलोकनका लागि छाडिएको बलुनले बाटो बिराएको र त्यसलाई खसाल्ने कार्यप्रति आपत्ति प्रकट गरेको छ । अमरिकाको अनावश्यक कदमका विरुद्ध चीनले पनि आवश्यक कदम चाल्ने अधिकार राख्ने चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले चेतावनी दिएका थिए । 

एउटा बलुन खसाल्न अमेरिकाले लडाकु जेटको प्रयोग गरेको थियो । सो बलुनका टुक्रा खोज्न पनि दुई वटा नौ सैनिक पानी जहाज र एउटा क्रेन परिचालन गरिएको थियो । अमेरिकाले बलुन संवेदनशील क्षेत्रमा जासुसी गर्न प्रयोग गरिएको दाबी गरेको थियो । 

बलुन प्रकरणले अमेरिका र चीनबीचको सम्बन्धमा थप चिसोपन ल्याएको छ । चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘चिनियाँ पक्षले निरन्तर अमेरिकी पक्षलाई उक्त बलुन गैरसैनिक प्रयोजनका लागि भएको र त्यो बाटो बिराएर त्यहाँ पुगेको बताएको थियो । त्यो पूर्ण रूपमा दुर्घटना थियो ।’ 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले दुई देशको सम्बन्ध सुधारका लागि बेइजिङ भ्रमण गर्न लागेका थिए । तर बलुन देखिएपछि उनले भ्रमण स्थगित गरे । बलुन पुग्नुलाई पेन्टागनले अमेरिकी सार्वभौमसत्तामाथिको ‘अस्वीकार्य हस्तक्षेप’  भएको प्रतिक्रिया दिएको छ । चीनले भने आफ्नो देशले कहिल्यै पनि कुनै सार्वभौम देशको भौगोलिक तथा हवाई क्षेत्रमा हस्तक्षेप नगरेको जनाएको छ । 

अमेरिका र चीनबीच पछिल्लो समयमा देखिएको ‘शीतयुद्ध’ तनाव बढाउने आशंका गरिएको छ ।