नेपाल स्रष्टा समाज : 'छाउगोठकी आमा' लोकार्पित

नेपाल स्रष्टा समाज : 'छाउगोठकी आमा' लोकार्पित

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ २९, २०७९

काठमाडौँ। नेपाल स्रष्टा समाजले कवि जानु धितालको पहिलो कविता सङ्ग्रह 'छाउगोठकी आमा'  को लोकार्पण भएको छ । वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा लगायतले संयुक्तरुपमा सङ्ग्रहको लोकार्पण गर्नुभएको थियो ।  

कार्यक्रममा प्रमुख अतिथि शर्माले जानुका कवितामा नारीका दमित आवाज मुखरित भएको बताउनुभयो ।

 नारीका चेतनाका साथै समसामयिक विषयका छब्बीस  कविता रहेको 'छाउगोठकी आमा'  को बारेमा प्राडा भरतकुमार भट्टराई , डा. शान्तिमाया गिरी र कवि स्नेह सायमीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कवि कानु धितालले सृजना यात्रामा सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्दै दुई लोकार्पित सङ्ग्रहका कविता वाचन गर्नुभएको थियो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको सो कार्यक्रममा संरक्षक पवन आलोक, पूर्व अध्यक्ष विधान आचार्य र कवि माधव विडारीले मन्तव्य ब्यक्त गर्नुभएको  थियो ।