अनेरास्ववियू : स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताको माग

अनेरास्ववियू : स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताको माग

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २, २०७९

काठमाडौँ । नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत र अनिवार्य ५० प्रतिशत महिला सहभागिता माग गरेको छ ।

अनेरास्ववियू महासचिव आरती लामा नेतृत्वको टोलिले विद्यार्थी कल्याण तथा खेलकुद महानिर्देशनालयका प्रमुख प्रा. पशुपति अधिकारीलाई उक्त कुरा माग गर्दै ज्ञापन-पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको वर्तमान समयमा स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनु संविधानको मुल मर्मलाई आत्मसात गर्नु हो । ज्ञापनपत्र बुझ्दै महानिर्देशनालयका प्रमुख प्रा अधिकारीले अनेरास्ववियूको उक्त माग प्रति त्रि वि सकारात्मक रहेको र नीति निर्माण कै तहमा उक्त मागलाई बिषय बनाएर उठाउने बताएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए । 

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन गराउने तयारी गरिरहेको छ ।