प्रज्ञा-प्रतिष्ठान : नियुक्ति २०७२ को शपथ भने अन्तरिम संविधान २०६३ अनुसार !

प्रज्ञा-प्रतिष्ठान : नियुक्ति २०७२ को  शपथ भने  अन्तरिम संविधान २०६३ अनुसार !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७९

नेपाल प्रज्ञा-प्रतिष्ठानका नवगठित समितिमा प्राज्ञ सभा सदस्यहरुले नेपालको संविधान २०७२ अनुसार नभइ नेपालको अन्तरिम संविधान २०६३ अनुसार शपथ लिएको तथ्य सार्वजनिक भएको छ । 

नेपाल प्रज्ञा-प्रतिष्ठानका नव नियुक्त प्राज्ञ सभा सदस्यहरुले नेपालको अन्तरिम संविधान २०६३ अनुसार शपथ लिएका हुन ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका नव नियुक्त प्राज्ञ सभा सदस्य डा‍. बावुराम ढकाल (विप्लव ढकाल)ले २०७९ फागुन ४ गते लिएको शपथ र हस्ताक्षरसहित  सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि उक्त्त तथ्य सार्वजनिक भएकाे हाे । 

 

डा‍. बावुराम ढकाल फेसबुकमा पोष्टमा लेख्नु भएको छ - नेपाल प्रज्ञा-प्रतिष्ठानकाे नवगठित समितिमा प्राज्ञ सभा सदस्यका रूपमा सपथ ग्रहण गर्ने कार्य सम्पन्न भयाे । मेरा मित्र प्रसिद्ध कवि, गीतकार तथा लेखक श्री भूपाल राईज्यूकाे नेतृत्वमा रहेकाे यस समितिका सबै प्राज्ञज्यूहरूप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाल सरकार तथा सिफारिस समितिप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो योग्यता र क्षमताले भ्याएसम्म आफूलाई सुम्पिए काे जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

यसलाई नेपाल प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त समितिमा प्राज्ञ सभा सदस्यहरुको लागि  'पहिलो गाँसमा नै झिंगा'  सावित भएको हाे कि त्यहाँका कर्मचारीले  असहयोग गरेका हुन त्यो त समय ले नै  बताउने छ । अथवा नेपाल प्रज्ञा-प्रतिष्ठानका  नवनियुक्त प्राज्ञ सभा सदस्यहरुलाई मुलुकमा नेपालको संविधान २०७२ छ भन्ने ज्ञान नभएकाे छ ।