दिगो सडक र सुरक्षित यातायातको लागि बर्दीबास घोषणा पत्र जारी

दिगो सडक र सुरक्षित यातायातको लागि बर्दीबास घोषणा पत्र जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७९

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको 'नेशनल रोड सेफटी काउन्सिल नेपाल'  को आयोजना, बर्दीबास नगरपालिकाको सहयोग, नासा नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम यहि फागुन ५ गते बर्दिबासमा सम्पन्न भएको छ । 

मधेश प्रदेशका पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रका १०० बढीको  सहभागीता रहेको सो कार्यक्रममा प्रदेशकै पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातको लागी विभिन्न कार्यपत्रहरु मा छलफल भएको थियो । 

सो कार्यक्रममा मधेश प्रदेश सभा सदस्य माननीय शारदा थापा, ट्राफिक इन्सपेक्टर उदय सिन्जापती, ई. आयुष श्रेष्ठ, इ. सुयोग खनाल, नासा नेपालका सचिव सन्तोष न्यौपानेले आफ्नो धारणा तथा प्रस्तुती राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथिका रुपमा उपस्थित मधेश प्रदेशका सडक पूर्वाधार तथा यातायात मन्त्री सरोज यादवले सडक र यातायातको क्षेत्रमा नयाँ ढंगले अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रदेश सभा सदस्यहरु, पालिकाका प्रतिनिधिहरु,रेडक्रस, उद्योग वाणिज्य संघ, इन्जिनियरिङ्ग, मेडिकल तथा यातायात क्षेत्रका प्रतिनिधिहरु, पर्यटन व्यवसायी, स्कूल तथा कलेजका संचालकहरु, सामाजिक अभियन्ता, सडक प्रयोगकर्ता र दुर्घटना पिडित परिवारको सहभागीता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा सन्तोष न्यौपानेको संयोजकत्वमा प्रदेश स्तरीय एक कार्य समूह गठन गर्दै देहाय अनुसारको बर्दीबास घोषणापत्र जारी गरियो ।