'सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ थाहा छैन'

'सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ थाहा छैन'

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ७, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले  सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताउनु भएको छ ।

आफ्नो पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको कीर्तिपुरमा दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उहाँले त्यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै उहाँले  राष्ट्रपतिको चुनावबाट यो सत्ताधारी गठबन्धनको  भविश्य टुङ्गो लाग्ने र त्यो एक हप्ता भित्र हुने पनि बताउनु भयो ।

सत्ताधारी गठबन्धनमा संविधान बिरोधी देखि संविधानका पक्षपाती सबै खाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालले तर्क राख्नुभयो । यतिबेला कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको बैठक बसिरहेको छ ।

बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।