छक्का पन्जा ४ फागुन १९ गते नेपालसँगै एक साथ मध्यपूर्वमा पनि प्रर्दशनी हुने

छक्का पन्जा ४ फागुन १९ गते नेपालसँगै एक साथ मध्यपूर्वमा पनि प्रर्दशनी हुने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन ७, २०७९

युएई । नेपालसँगै नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज गर्न चलचित्र बिकास बोर्ड र वितरक रमेश ढकाल बीच सम्झौता भएसँगै चलचित्र छक्का पन्जा ४ फागुण १९ गते नेपाल संगै एक साथ मध्यपूर्वमा पनि प्रर्दशनी हुने भएको छ ।

चलचित्र विकास बोर्डले यूएईमा आयोजना गरेको नेपाल फिल्म फेस्टको समापनमा निप फिलिममा प्रोपाइटर रमेश ढकाल र बोर्ड अध्यक्ष भुवन केसीबीच मध्यपूर्वमा नेपाल संगै एकसाथ चलचित्र प्रदर्शन गर्ने लिखित सहमति भएको थियो ।

रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली चलचित्र प्रेमीलाई लक्षित गर्दै मध्यपूर्वका ६ देशका  मुख्य(मुख्य शहरका बिभिन्न पाँच दर्जन पर्दामा नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ४ ’ एकैसाथ प्रदर्शन हुने वितरक  रमेश ढकालले जानकारी दिएका छन ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् ।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ ।