प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा सुदर्शन साह लगायत ५ जना  पक्राउ

प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा सुदर्शन साह लगायत ५ जना  पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ९, २०७९

रौतहट । गौर नगरपालिका-६ स्थित गौर बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा चपुर नगरपालिका-४ बस्ने २० वर्षीय सुदर्शन साह लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थाई प्रहरीले पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त बसपार्कमा छरिएर रहेका सवारी साधनहरू व्यवस्थापन गर्ने क्रममा ग।१ ख ६१०७ नम्बरको बसको कन्डक्टर साहले प्रहरीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेकोले नियन्त्रणमा लिएको बिषयलाई लिएर अन्य व्यक्तिहरूले प्रहरीमाथि गाली गलौज, हातपात तथा कुटपिट गरेपछि थप ४ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो

   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको  छ ।