रहेनन् व्यवसायी प्रभाकर राणा

रहेनन् व्यवसायी प्रभाकर राणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १७, २०७६

काठमाडौं । नेपालका चर्चित उद्योगी तथा व्यवसायी प्रभाकरशमशेर राणाको निधन भएको छ ।

नशासम्बन्धी रोगबाट पीडित राणाको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो ।

राणा नेपाली उद्योग व्यवसायको पहिलो पुस्ताका धरोहर मानिन्छन् । सोल्टी होटल, सिप्रदी ट्रेडिङ, सूर्य नेपाल लगायतका कम्पनीको स्थापनामा राणाको मुख्य भूमिका थियो ।

उनी सोल्टी होटलमा संस्थापक अध्यक्ष हुन् ।