जनता समाजवादी पार्टीको विधान अधिवेशन आगामी चैत्र २७, २८ र २९ गते काठमाडौँमा

जनता समाजवादी पार्टीको विधान अधिवेशन आगामी चैत्र २७, २८ र २९ गते काठमाडौँमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ९, २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आइतबार र सोमबार गरी दुई दिन बसेको बैठकले पार्टीको विधान अधिवेशन आगामी चैत्र २७, २८ र २९ गते काठमाण्डौमा गर्ने निर्णय गरेको छ । 

बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत बज्राचार्य र न्हुच्छेलाल महर्जन रहेका छन् । 

मूल व्यवस्थापन समितिले आवश्यक्ता अनुसार उपसमिति बनाउन सक्ने छ । 

बैठकले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (बारा) र सुरेन्द्र कर्मी (पर्सा) लाई राजनीतिक समितिमा, ओमप्रकाश यादव गुल्जारी र सोमबहादर नेपाली (कास्की) लाई केन्द्रीय समितिमा, दलबहादुर लावती (पाँचथर) कर्णबहादुर लावती (पाँचथर) र बलराम महतो (धनुषा) लाई संघीय परिषद् सदस्यमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्यद्वय जोगीलाल यादव र प्रचण्डकुमार पौडेललाई ट्रेड युनियन तथा बौद्धिक पेशाकर्मी महासंघ संयुक्त संयन्त्रको उप प्रमखुको जिम्मेवारी दिइएको छ ।