प्रदेशका प्रमुख शर्माकाे सन्देश : ग्याल्पो ल्होसारजस्ता नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग

प्रदेशका प्रमुख शर्माकाे सन्देश : ग्याल्पो ल्होसारजस्ता नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ९, २०७९

मकवानपुर । बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले नेपाली चाडपर्वहरुले आपसी भाइचारा,सामाजिक सद्भाव,सहिष्णुता र एकता कायम राख्न  मद्दत पुर्‍याएको बताउनुभएको छ ।

मंगलबार हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औं ग्याल्पो ल्होसारका सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले यस्तो बताउनुभएको हो ।

‘भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय,बहुभाषिक, बहुधार्मिक,बहुसांस्कृतिक विशेषताले भरिपूर्ण छ । ग्याल्पो ल्होसारजस्ता नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग बनेका छन् ।’ प्रदेश प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । चाडपर्वबाट कायम हुने सामाजिक एकता तथा सद्भावलाई दिगो बनाउँनु हामी सबैको दायित्व भएको भएको उहाँको भनाई छ । ‘यस्ता चाडपर्वका माध्यमबाट कायम हुने सामाजिक एकता तथा सद्भावलाई दिगो र दरिलो बनाउनु हामी सबैको दायित्व हो ।’ शुभकामनामा भनिएको छ ।

प्रमुख शर्माले ग्याल्पो ल्होसारका अवसरमा देश तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा सुख,शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै यो पर्वले नयाँ उत्साह र उमंग छर्दै आपसी एकता,सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन गई हाम्रो राष्ट्र थप सुदृढ बनाउन सघाउ पुगोस् भन्ने कामना समेत गर्नुभएको छ ।