काभ्रेको भुम्लुमा ‘जसको शक्ति उसको भक्ति’: स्कुलकाे जग्गामा निजी घर, निजीमा सामुदायिक भवन ?

काभ्रेको भुम्लुमा ‘जसको शक्ति उसको भक्ति’: स्कुलकाे जग्गामा निजी घर, निजीमा सामुदायिक भवन ?

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ९, २०७९

भुम्लुका जनप्रतिनिधिको अचम्मको खेला देखाइ रहेका छन् । कतिसम्म भने  व्यक्तिगत घर सार्वजनिक जग्गामा र सामुदायिक घर ब्यक्तिको जग्गामा बनाएर झमेला सिर्जना गरिरहेका छन् । 

काभ्रेको भुम्लु गाउँपालिकामा अनौठो कार्य गर्ने जनप्रतिनिधि पटक पटक विवादमा पर्ने एकपछि अर्को तथ्यहरु सार्वजनिक भइरहेका छन् । हुन त पालिकामा मै किर्ते हस्ताक्षर काण्डलाई  समेत सामसुम बनाउन तयार यसलाई मामुली र सानो ठानिरहेका छन् । 

 भनिन्छ, सामुदायिक भवन सरकारी जग्गा वा समुदायको नाममा भएको जग्गामा बनाउने गरिन्छ । तर भुम्लुको सापिङमा बिलकुल भावना  विपरितका कार्य भइरहेको छ, सोही वडाको वडा सदस्य रामज्योती पहरीले स्कुलको जग्गा मिचेर सरकारी जग्गामा पसल घर खुलेआम बनाइरहेका छन्  भने सोही वडाको वडा सदस्य दानबहादुरी खत्रीले ठडेन्द्र बहादुर पन्थको व्यक्तिगत जग्गामा सामुदायिक भवन बनाएका छन् । उक्त भवन अझै सरकारको नाममा नगरिदिएको स्थानीयको गुनासो छ । 

सोझो र लेखपढ गर्न नजान्ने ठडेन्द्र बहादुर पन्थलाई राती गएर ३० हजार दिएर कागजमा हस्ताक्षर गरि सिधै भवन  बनाएर भवनको हिसाब किताब समेत नदेखाएको  वडा सदस्य खत्रीलाई आरोप  लागि रहेको छ । 

 तर अहिले पन्थले आफुलाई जालझेल गरि राती आएर थिचाउन लगाएको बताउँछन् र भनेजति जग्गाको पैसा समेत नपाएको गुनासो गरिरहेको स्थानीयको भनाइ छ। नियम अनुसार प्रतिनिधि भएर सहकारीको अध्यक्ष, भवन निर्माणको अध्यक्ष बस्न त नमिल्ला तर तल देखि माथिसम्म आफ्नै पहुँच भएपछि मिल्दोरहेछ। ‘जसको शक्ति उसको भक्ति’ छ सापिङमा  एक स्थानीयको गुनासो छ ।

 आफ्नो राजनीतिक पाटो र नातावाद बिग्रने भएकोले वडादेखि भुम्लु गाउँपालिका यस विषयमा देखे पनि नदेखे जस्तो गरि कहिले बोल्न चाहाँदैनन् । कर्मचारी नियुक्तिको अन्तर्वार्ताको अडियो, जति जनाले फर्म भरेको, त्यति नै भुजेल जातिको नियुक्ती सिफारिस, विकाश निर्माण कम्पनी र उपभोक्ता समितिलाई बेवास्ता गर्दै टोल सुधार समिति, ज्यान जोखिम, प्रहरी प्रशासनले असहयोग गर्ने गरेको भनेर स्थानीयकाे आरोप छ ।