सडक सुरक्षा : दिगो सडक र सुरक्षित यातायातको लागि हेटौँडा घोषणा पत्र अनुमोदन

सडक  सुरक्षा : दिगो सडक र सुरक्षित यातायातको लागि हेटौँडा घोषणा पत्र अनुमोदन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १०, २०७९

 

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको  'नेशनल रोड सेफटी काउन्सिल नेपाल'  को आयोजना, नासा नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम यहि फागुन ९ गते हेटौँडामा सम्पन्न भएको  जनाइएको छ । 

 नासा नेपालका अनुसार वाग्मति प्रदेशका पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रका १०० बढीको सहभागीता रहेको सो कार्यक्रममा प्रदेशकै पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातको लागी विभिन्न कार्यपत्रहरुमा छलफल भएको थियो । 

नेपाल अटोमोबाइल्स एसोसिएसन नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको भेहिकल फिटनेस सेन्टरका प्रमुख कृष्ण यादवले सडक यातायातको अबस्था र सडक सुरक्षाको लागि नेपाल सरकारले चालेको कदमको बारेमा प्रस्तुति गर्नु भएको थियो । त्यस्तै, राप्रपाकी सहमहामन्त्री रिना गुरुङ, अटोमोबाइल इन्जिनियर सुयोग खनाल र  युवा अभियानकर्मी प्रकृती अर्यालले राजनीतिक ,  पेशागत र युवा समुदायको भूमिका बारेमा तथा माधव न्यौपाने, बिक्रम खतिवडा, कमला आचार्य लगायतले प्रदेश रोड सेफ्टी काउन्सिल र मोटरसाइक्लिष्ट सेफ्टीको आवश्यकताको बारेमा प्रकाश पार्नु भएको थियो । 

कार्यक्रमको अन्तमा ११ बुँदे हेटौँडा घोषणा–पत्र अनुमोदन गर्दै १५ वटा पेशागत र व्यावसायिक संघ संस्थाको बीचमा चितवनकी रिना गुरुङको संयोजकत्वमा बागमती प्रदेश एलाइन्स गठन गरियो।