गीता ग्यास विस्फोटका घाइतेको उपचारमा प्रशासनको छत्रछायामा कम्पनीद्वारा बेवास्ता !

गीता ग्यास विस्फोटका घाइतेको उपचारमा प्रशासनको छत्रछायामा कम्पनीद्वारा बेवास्ता !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ११, २०७९

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित चक्सिडोलमा गिता ग्यास उत्पादक एकेएस हस्तकला कम्पनीको विष्फोटमा परी ५ घाइते मजदुर तथा सर्वसाधरणले उपचार नपाउँदा  जीवन र मरणको दोसाँधमा अस्पतालमा बिताउन बाध्य भइ रहेका छन् । 

विष्फोटका घाइतेका आफन्तहरुले  घाइतेको उपचारको पहल गरिदिन  प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासन समक्ष अनुरोध गर्दा समेत  मुकदर्शक बनिरहेका छन भने घाइतेको उपचारको  नहुँदा उपचार  थप जटिल बन्दै आएको छ । सातदोबाटो प्रहरी वृत प्रमुख,  प्रहरी परिसर जावलाखेल, सहायक प्रमुख जिल्ला अधिकारी सबैलाई घटनाको जानकारी हुदा पनि आवश्यक पहल केही पनि नभएको घाइतेका आफन्तले गुनासो गरेका हुन ।

२०७९ फाल्गुन १ गते अन्दाजी १२ बजे  अचानक गिता ग्यास विष्फोट हुँदा कम्पनी भित्र काम गरिरहेका चितवन कालिका नगरपालिका ७ निवासी ३७ बर्षिया अमृता रसाइली, पर्सा ठोरी ४ निवासी १५ बर्षिय विवेक बि.क, नुवाकोट ककनी निवासी २६ बर्षिय राजु सुनुवार, बाटेमा बसिरहेकी ललितपुर गोदावरी निवासी २१ बर्षिया ज्योती महत ,भक्तपुर चितापोल १० निवासी २२ बर्षिया सुदिप नगरकोटी गम्भिर घाईते भई हाल किष्ट हस्पिटल ललितपुरमा उपचारत छन् ।

हाल घाइते भएका पाँचै जना किष्ट अस्पताल ललितपुरमा आईसीयुमा राखेर उपचार भइरहेको छ । घाइते पाँच मध्ये दुई जना बाटोमा हिँडिरहेका सर्वसाधरण हुन भने ३ जना एकेएस हस्तकला कम्पनीमा  भित्र काम गर्ने कामदारहरु रहेका छन् ।

कम्पनी भित्र काम गर्ने ३ जनालाई बर्न अस्पताल कीर्तिपुरले किष्ट अस्पताल ललितपुरमा रिफर गरेको थियो । बाटेमा रहेका दुई जनालाई प्रहरीले किष्ट अस्पताल ललितपुर पुर्‍याइदिएको थियो । 

घाइतेका आफन्तले दिएको  जानकारी अनुसार एकेएस हस्तकला कम्पनीले हाल सम्म कुनै पनि उपचारको ब्यवस्था गरिरहेको छैन । एकेएस हस्तकला कम्पनी का संचालक पदम बहादुर सुनुवारलाई घाइतेको उपचारको ब्यवस्था मिलाउन पटक पटक अनुरोध गर्दा पनि कुनै वास्ता नगरेकाले उपचारमा समस्या भइरहेको छ । 

एकेएस हस्तकला कम्पनीले  अक्सिजन ग्यास र खाना बनाउने दुवै ग्यास एकै ठाउँ जडान गरि काम गर्दै आएको अवस्थामा विष्फोट भएको थियो । सम्बन्धि निकायलाई ग्यास जडानमा यसरी हेलचेक्र्याईं नगर्न बारम्बार अनुरोध गर्दा पनि नसुन्दा  ग्यास बिस्फोट भएको स्थानीयको आरोप छ । ग्यास बिस्फोट हुनुमा एकेएस हस्तकला कम्पनी संचालक को  नै लापारबाही  रहेको भने परेको उजुरीमा समेत कुनै सुनवाई नभएको आफन्तको आरोप छ । 

चितवन कालिका नगरपालिका ८ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ८ बस्ने गिता ग्यास कम्पनीका निर्देशक कुमार पराजुलीले भने उपचार पछि मात्र बिमा रकम उपलब्ध हुन्छ हालको उपचारको ब्यवस्था एकेएस हस्तकला कम्पनीले नगर्ने भन्दै गैर जिम्मेवारी कुरा गर्दै आइरहेका  छन् ।

घाइतेहरुको उपचारमा समस्या आएको छ अहिले किष्ट अस्पताल र बर्न अस्पताल कीर्तिपुरले पैसा तिरेपछि मात्र उपचार गर्न सकिन्छ नत्र सकिदैन भनी बिरामीलाई औषधी दिन समेत मानिरहेको छैन्  । यसले गर्दा घाइतेको अवस्था झन जटिल बन्दै गएको घाईते ज्योती महतका बुवा यादव महतले बताए ।