मधेशका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले दियो परामर्श समिति

मधेशका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले दियो  परामर्श समिति

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ११, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सरकारका मुख्य मन्त्रीलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ । 

समितिको सदस्यहरुमा गोवीन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन् भने मुख्यमन्त्री सरोजकुमार यादवले समितिको सचिव भई कार्य गर्ने छन् ।

समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समय समयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने कार्य गर्नेछ । 
केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयनका लागि जसपाले मातहत समितिलाई बुधबार परिपत्र गरेको छ ।