प्रभु ग्रुपको आडभरोसामा आफ्नै छोरीबाट बाउको बिल्लीबाठ: ८१ वर्षीय बाउको प्रधानमन्त्रीसँग हारगुहार

प्रभु ग्रुपको आडभरोसामा आफ्नै छोरीबाट बाउको बिल्लीबाठ: ८१ वर्षीय बाउको प्रधानमन्त्रीसँग हारगुहार

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १२, २०७९

काठमाडौं । काठमाडौं महानगर ४ धुम्बाराही बस्ने सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै प्रधानमन्त्रीलाई पत्र लेख्न बाध्य पारिएको छ । 

न्यायको याचना गर्दै उनले आफ्नो पत्र प्रधानमन्त्रीको सचिवालयमा समेत दर्ता गराएका छन् ।उनले प्रधानमन्त्रीको सचिवालयमा फागुन ११ गते बिहीबार दर्ता गरिएको पत्रको  दर्ता  नम्बर ४४८१ रहेको छ । 

८१ वर्षीय सर्वजीतले आफ्नी तीन छोरीमध्ये कान्छी छोरी कुसुम लामा तामाङको नाममा आफूले किनेको घरजग्गा थाहै नदिई छोरीले बेचेको जनाएका छन् । पत्रमा उनले आफू एक्लो र अलपत्र परिएको पत्रमा उल्लेख गरेका छन् । 

प्रधानमन्त्रीलाई दिएको पत्रमा आफ्नी छोरी कुसुम प्रभु ग्रुप अन्तर्गत उच्च पदमा कार्यरत रहेको पनि उल्लेख गरेका छन् ।

आफ्नै सन्तानबारे यी शब्द लेखिरहँदा मलाई अत्यन्तै पीडा महसुस भइरहेको छ । तर नियति यही हो । समय र नियतिले मलाई यो उमेरमा करिब आधा दर्जन मुद्दाको बोझमा जकेडेको छ । म कानुन जान्दिनँ । यहाँ मैले भनेको सबै हुनपर्छ भन्ने छैन । तर मैले न्याय पाउनु पर्छ ।

सर्वजीतले कानून नजान्ने भएको उल्लेख गर्दै आफू आधा दर्जन मुद्दामा जकडिएको जनाएका छन् । उनले आफूसँग मर्नु वा न्याय माग्नेबाहेक अरू कुनै बाटो नभएको जनाएका छन् । उनले छोरीले एकलौटी ढंगले आफ्नो घरजग्गा बेच्न नपाउने र सो घरको भाडासमेत आफूले पाउनुपर्ने पत्रमा लेखेका छन् ।

सर्वजीतले बिहीबार नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई पनि पत्र लेखेको जनाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयमा दर्ता गरिएको पत्रको पूर्ण पाठ

श्री सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं

विषय: न्यायको याचना गरिएको बारे ।

महोदय,
म निवेदक सर्वजीत सिंह तामाङ ८१ वर्षीय ज्येष्ठ नागरिक हुँ । म अन्यायमा परेकोले तपसिल बमोजिमको ब्यहोरा खुलाउँदै न्यायका लागि यो पत्र लेख्दै गुहार मागेको छु।

सर्वजीत सिंह तामाङ
ज्येष्ठ नागरिक (८१ वर्ष)
काठमाडौं ४, धुम्वाराही