विधानको मस्यौदामाथि सुझाव संकलनमा व्यस्त जसपा

विधानको मस्यौदामाथि सुझाव संकलनमा व्यस्त जसपा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १३, २०७९

काठमाडौँ ।  जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदाबारे पार्टी संरचनाभित्र छलफल र सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ । 

शुक्रबार पार्टी कार्यालयमा विधान मस्यौदा समितिले संगठनको प्रारुप बारे छलफल गरेको छ । 

पहिचानमा आधारित (१०+१) राष्ट्रिय समिति र विद्यमान सात प्रदेश बिचको अधिकार क्षेत्रका बारेमा आजको छलफल केन्द्रित रह्यो ।  

सांगठनिक संरचनाबारे केन्द्रित छलफलमा पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई, कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, शिबलाल थापा, सुशीला श्रेष्ठ लगायतका नेता, कार्यकर्ताहरुको उपस्थिति थियो ।  

विधान अधिवेशन चैत्र २७, २८ र २९ गते काठमाण्डौमा गने निर्णय गरेको छ ।