पालिका प्रमुखज्यू माटो परीक्षण त हुने भयो, विकृति र काला कर्तुतको 'परीक्षण' कहिले ?

पालिका प्रमुखज्यू  माटो परीक्षण त हुने भयो,  विकृति र काला कर्तुतको 'परीक्षण' कहिले ?

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १३, २०७९

पालिका प्रमुखज्यू   माटो परिक्षणको उद्घाटन त भयो, भुम्लुको अनियमितता र विकृति र काला कर्तुतको  परीक्षण गर्ने अथवा  कानुनको कहिले उदघाटन गर्ने ? भनेर पालिका  प्रमुख प्रेम बहादुर भुजेललाई  स्थानीयले प्रश्न गरेका छन्  । 

काभ्रेको भुम्लु गाउँपालिकामा पालिकाको १२ औं सभाको अवसर पारेर  अत्याधुनिक माटो परिक्षण केन्द्रको उद्घाटन गरेपछि स्थानीयले प्रश्न गरेका हुन । अत्याधुनिक माटो परिक्षण केन्द्रको उद्घाटन पालिका प्रमुख प्रेम बहादुर भुजेलले रातो रिबन काटेर  गर्नुभएको थियो।

किसानहरुलाई सहजता होस साथै कृषिलाई थप राहत पुर्‍याउनका लागि  माटो परिक्षण केन्द्र स्थापना गरिएको जानकारी दिइएको छ । 

माटो परिक्षण केन्द्रको स्थापना गर्दा सबै किसानहरु खुसी त छन्। तर मन खोलेर नै खुसी हुन सकि रहेका छैनन् । हुन पनि कसरी ? माटो परिक्षण गर्ने केन्द्र समेत उदघाटन गर्दा भुम्लुको किर्ते  हस्ताक्षर काण्ड, लगायत अनेक विकृतिलाई कारबाही गर्ने कानुनको उदघाटन कहिले गर्ने एक स्थानीयले अत्याधुनिक माटो परिक्षण केन्द्रको उद्घाटन   आक्रोश पोख्दै  थिए । 

जसरी माटो परिक्षणको प्रयोगात्मक रुपले पालिका प्रमुखले आफैले गर्नुभयो ।अब त्यसै गरि भुम्लुको नदेखिएको बिकृति र काला कर्तुत कहिले परिक्षण गर्ने भुम्लुको स्थानीय रामकृष्ण पहारीको गुनासो छ। 

 स्थानीयले  कर्मचारी नियुक्ति अन्तर्वार्ताको अडियो , जति जनाले फर्म भरेको त्यति नै भुजेल जातिको नियुक्ती सिफारिस, बिकास निर्माण कम्पनी र उपभोक्ता समितिलाई बेवास्ता गर्दै टोल सुधार समिति,  ज्यान जोखिम, प्रहरी प्रशासनले असहयोग र किर्ते कागजात बनाइ गुम्बाको बजेट अनियमितता जस्ता विकृतिको चाडै परिक्षण गर्न स्थानीयले पालिका प्रमुखलाई आग्रह गरेका छन् ।