एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १३, २०७९

काठमाडौँ । नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
 नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । एमाले बैठक पार्टी कार्यालयमा जारी छ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।