एमालेद्वारा नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा पहिलो पटक पार्टी स्वीकार

एमालेद्वारा नेकपा  एकीकृत समाजवादी औपचारिक रुपमा पहिलो पटक पार्टी  स्वीकार

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १३, २०७९

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ ।

एमालेद्वारा नेकपा  एकीकृत समाजवादी औपचारिक रुपमा पार्टी  स्वीकार गरी पत्रै पठाएकाे भने  पहिलो पटक हाे । 

एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिए लगतै एमालेले एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको हो । राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ । तर १० पुसको सहमतिमा एकीकृत समाजवादी सहभागि थिएन ।  

केही समय अघिसम्म एकीकृत समाजवादीलाई पार्टीको हैसियतमा मान्न तयार नभएको एमालेले अध्यक्ष माधवकुमार नेपाललाई सम्वोधन गरी औपचारिक पत्र पठाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्वोधन गरी पत्र पठाउनु भएको छ । एमालेको पत्रलाई समाजवादीका नेताहरुले सकारात्मकरुपमा लिनुभएको छ ।