इराकमा बम बिस्फोट, चारको मृत्यु

इराकमा बम बिस्फोट, चारको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ १७, २०७६

काठमाडौं । इराकको राजधानी बग्दादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको किर्कुक शहरमा बिहीबार शक्तिशाली बम बिस्फोट भएको छ । बिस्फोटमा परी कम्तीमा चार जनाको मृत्यृ हुनुका साथै २० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किर्कुकको मुख्य सडकमा छ वटा बम बिस्फोट गराइएको थियो । किर्कुकका प्रान्तीय प्रहरी प्रवक्ता अम्मार अल जुबोरीका अनुसार बिस्फोटका कारण एक जना प्रहरीको समेत मृत्यु भएको छ

सुरक्षाकर्मीले किर्कुक बिस्फोटका बारेमा अनुसन्धान थालेको छ । सडकमा बम राख्दै गरेको देखिएका दुई वटा शंकास्पद कारको खोजी भइरहेको उनले बताए । हालसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन, तर इस्लामिक स्टेट्स(आइ एस)ले किर्कुकमा सुरक्षाफौजमाथि लक्षित गरी निरन्तर आक्रमण गर्ने गरेका छन् । 

आइएसले मानिसहरुको भिडभाड हुने कफि पसल तथा मस्जिदलाई लक्षित गर्ने गरेका छन् ।सन् २०१७ मा इराकी सुरक्षाफौजले आइएसलाई पराजित गरेयता ठूला आक्रमणमा भने अप्रत्यासित रुपमा कमी आएको छ । तर आइएसका लडाकूहरु अझै पनि शहरी इलाकामा लुकेर बसेका र बेलाबखत आक्रमण गर्ने गरेको  खबर सिन्ह्वामा छ ।