शिक्षिका पोख्रेलद्वारा अभिभावक विहीन विद्यार्थीलाई पोसाक, शैक्षिक सामग्री र छात्रवृत्ति वितरण

शिक्षिका पोख्रेलद्वारा अभिभावक विहीन विद्यार्थीलाई  पोसाक, शैक्षिक सामग्री र छात्रवृत्ति वितरण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन १३, २०७९

काठमाडौँ ।यही फागुन १२ गते महेन्द्रोदय माध्यमिक विद्यालयमा वार्षिकोत्सव कार्यक्रम को अवसर बनाएर शिक्षिका प्रतिमा पोख्रेलले ५ जना अभिभावक बिहीन विद्यार्थीहरुलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरी  अनुकरणीय कार्य गरे कि  छन् ।

उक्त विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि पुर्व मुख्य मन्त्री साथै प्रदेश एक भोजपुरका सभासद  राजेन्द्र राई ,गाउँपालिका अध्यक्ष  शालिकराम खत्री,शिक्षा अधिकृत ,विद्यालय ब्यवस्थापन समिति का अध्यक्ष  ज्ञानेन्द्र दाहाल  र विद्यालय प्रधानाध्यापक  घनश्याम भण्डारी मार्फत विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको छ।

उनले बिगत झैँ यो साल पनि विभिन्न मितिमा विभिन्न विद्यालयमा पुगि विद्यालय पोसाक शैक्षिक सामग्री र छात्रवृत्ति रकम वितरण गरेकी हुन  । समाजको नमूना शिक्षिका प्रतिमा पोख्रेल समाजसेवा साथै साहित्यमा रुचि' राख्ने प्रतिमा पोख्रेल  एक उर्जाशील  युवा हुन उनी शिक्षण पेसा संगै साहित्य र समाजसेवा प्रति आफ्नो रूचिको बिषय बनाएर अग्रता लिइरहेकी छिन् ।

उनी शिक्षण पेसामा आवद्ध हुनको साथै साहित्यमा कलम चलाउनुको अलवा आफुलाई २०७३ साल बाट आफुले अध्ययन गराउँदै आएको  विद्यालय श्री पञ्चकन्या आधारभूत विद्यालयका १९ जना अभिभावक बिहीन तथा अनाथ विद्यार्थीहरुलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गर्न थालेकी हुन् । उनले त्यसै साल बाट नै अन्य विद्यालय मा पनि त्यस किसिमका बालबालिकाहरुलाई कतै छात्रवृत्ति कतै पोशाक र शैक्षिक सामग्री वितरण गर्दै निरन्तर रुपमा हाल सम्म उनले ७ ओटा विद्यालयका २९ जना अभिभावक बिहीन विद्यार्थीहरुलाई विद्यालय  पोशाक छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरिरहेकी छन् जुन लाभान्वित विद्यालय निम्न छन् 
१. श्री पञ्चकन्या आधारभूत विद्यालय
२. श्री विश्वविद्योदय  प्रा.वि.  
३. विश्व प्रेमी माध्यमिक विद्यालय 
४. श्री सगरमाथा माध्यमिक विद्यालय 
५. श्री  बालमन्दिर भोजपुर 
६. महेन्द्रोदय माद्यामिक विद्यालय र 
७ .  नरग्राम माद्यामिक विद्यालय मोरङ  आदि गरिएका विद्यालय छन् भने भोजपुर  अरुण  गा .पा . ५ बस्ने कुमारी ढकाललाई सानो रकमको मासिक भत्ता पनि ०७६ देखि दिदै आइरहेकी छन् .   उनले आफ्नो कार्यलाई बर्सेनि  निरन्तरता दिने क्रममा भर्खरै  मिति २०७९/१०/१२ गते श्री विश्व प्रेमी माध्यमिक विद्यालयमा ३ जना ०७९/१०/१३  मा श्री सगरमाथा माध्यमिक विद्यालयमा २ जना, २०७९/१०.१७ मा  श्री विश्वविद्यो प्रा. वि .मा  १ जना  २०७९/१०/२० मा श्री पञ्चकन्या आधारभूत विद्यालयमा ११ जना  गरि  जम्मा १७ जना मध्य २ जनालाई छात्रवृत्ति र १५ जनालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गर्दै आइरहेकी छिन् ।

 उनको सहयोगी मन भित्र को महान कार्य देखेर हरेक विद्यालयका परिवार,अभिभावक र सिङ्गो अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल , अरुण ५ का वडाअध्यक्ष युवराज ढकाल , अरुण ७  का वडाअध्यक्ष  कुमार थापा  लगायत विभिन्न बुद्धिजीवी बर्गहरूले  हार्दिक धन्यवाद दिनु भएको थियो । 

 श्री सगरमाथा माध्यामिक विद्यालयको कार्यक्रममा गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले उच्च सम्मान पूर्वक खादा र अबिर लगाउँदै उदाहरणीय शिक्षिकाको नामांकित गर्नु भएको थियो भने पालिका शिक्षा अधिकृतले उक्त कार्यक्रममा  प्रतिमा पोख्रेल को यस्तो महान कार्य  देखेर म भावविभोर भएको छु भन्दै बधाई  दिएका  थिए । शिक्षा अधिकृतले बाधाई दिएर मात्र  पुग्दैन भन्दै उहाँ  भोजपुर जिल्लाको मात्रै नभएर प्रदेश एक कै एक नमुना शिक्षकको रुपमा देखिएको दावी गर्नु भयो । शिक्षण ,साहित्य र समाजसेवामा अहोरात्र तल्लिन रहिरहने प्रतिमा पोख्रेल गरिब दुःखीको मन मनमा बस्न पुगेकी वक्ताहरुले बताएका  थिए । 

शिक्षिका प्रतिमा पोख्रेल भन्छिन मेरो सानै देखिको इच्छा हो जो वृद्ध, असहाय, अनाथ तथा  अभिभावक बिहीन बालबालिका र गरीब दुःखी देख्दा मेरो मन सारै बिरोलिन्थ्यो सायद मेरो कुरा भगवानले  बुझेर नै होला सानो जागिर मा अल्झिन पुगे यहि शिक्षण पेसाको रकमलाई घर खर्च बाट केही रकम  कटौती गरेर मैले यस्तो काम ०७३ बाट सुरु गरि हाल सम्म पनि निरन्तर दिदै आएकी छु ।म कुनै अथाह सम्पत्ति तह लगाउन यो कार्य गरेकी होइन र कसैबाट हात थापेर यो कार्य गरेको पनि होइन मेरो एकल प्रयासमा गरेको यो कार्य  धन भएर होइन मैले मन ले गरेकी हुँ !

 यो कार्य अनि कुनै पदको लालयित र राजनीतिक गन्ध बोकेर म यो कार्यमा ओर्लेको पनि होइन काम गर्दै जादा मेरो नाम अरुले सुन्नु र मलाई चिन्नु कुनै अनौठो ठानिदिन पनि साथै आफ्नो सामर्थ्यले भ्याए सम्मा  यो सहयोगी भावनालाई मार्ने छुइन जीवित र निरन्तरता दिने प्रयासका भर्‍याङहरू चढिरहने प्रतिबद्धता जनाएकी छन् । 

प्रतिमा पोख्रेल  भोजपुर जिल्ला अरुण गा.पा.  ५ इन्द्रबहादुर पोख्रेल र देवमाया पोख्रेल का ६ सन्तान मध्य कि एकली सन्तान उनी   शिक्षण पेसामा आवद्ध छिन्  ।