जी २० अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

जी २० अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०७९

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर आज राती ९ बजे स्वदेश फर्कनु भएको छ । 

सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे  छलफल गर्नु भएको थियो । 

जी २० का अर्थमन्त्रीहरूको सम्मेलन हिजो र आज भएको थियो । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडल फागुन ११ गते भारत जानु भएको थियो । 
नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।