एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च:  मिसन १०० दिन सञ्चालन गर्ने

एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च:  मिसन १०० दिन सञ्चालन गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०७९

नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चले प्रवासमा पनि संगठन बिस्तारका लागि मिसन १०० दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

पार्टीको संगठन सुदृढीकरण अभियान अन्तर्गत प्रवासमा रहेका संगठनलाई थप मजबुत गर्न संगठनात्मक काम, सदस्यता बिस्तार, प्रत्येक देशका कमिटीहरूको अद्यावधिक लगायतका काम अभियानमा गरिने एकीकृत समाजवादीका स्थायि कमिटी सदस्य तथा प्रवास संयोजक श्रीप्रसाद शाहले बताए।प्रवासी नेपाली एकता मञ्च युरोपको भर्चुअल बैठकलाई आज सम्बोधन गर्दै उनले पार्टीको प्रवासमा १०० दिने अभियान यूरोपबाट सुरु हुने र त्यसका लागि आफू लगायत अन्य पार्टीका नेताहरू यूरोप आउन लागेको बताए।

यूरोप कमिटीका संयोजक उमेशराज मोक्तानको अध्यक्षतामा भएको बैठकलाई मञ्चका यूरोप इञ्चार्ज सुवास पोखरेल लगायतले सम्बोधन गरेका थिए।