अल्फा अटोमोटिभ : फाल्गुन १९ र २० गते 'रेक्सेस राइड' को आयोजाना गर्दै

अल्फा अटोमोटिभ : फाल्गुन १९ र २० गते 'रेक्सेस राइड' को आयोजाना गर्दै

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १५, २०७९

 काठमाडौँ । सडक सुरक्षा जागरुकता, सवारी सुरक्षा जागरुकता र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले अल्फा अटोमोटिभ प्रा.लि.ले 'रेक्सेस राइड'  (Recess Rideओ कार्यक्रमको आयोजन गर्ने जनाएको छ । 

अल्फा अटोमोटिभले एक प्रेस विज्ञप्ति जारी गरी  कार्यक्रमको आयोजन गर्न लागेकाे जानकारी दिएको हो । अल्फा अटोमोटिभ प्रा.लि 'रोयल इनफिल्ड'  को लागी आधिकारिक बिक्रेता रहेकाे जनाएको छ । 

सडक सुरक्षा जागरुकता, सवारी सुरक्षा जागरुकता र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले आयोजित कार्यक्रममा  रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्ने अल्फा अटोमोटिभ जनाएको छ । 

अल्फा अटोमोटिभका अनुसार  कार्यक्रम यही फाल्गुन १९ र २० गते हुनेछ ।  फाल्गुन १९ गतेविहान ६ बजे रोयल इनफिल्डको नक्साल सोरूमबाट सुरु हुने यो राइड थान्कोट–नागढुङ्गा–नौबिसे–बैरेनि–बेनिघाट–कुरिन्टार–मुग्लिङ्–आबु खैरेनि–डुम्रे हुँदैसोही दिन बन्दीपुर पुग्नेछ ।

बन्दीपुर पुगेपछि राइडरहरूको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन । फागुन २० गते बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले आ–आफ्नै गन्तव्य फर्किनेछन र कार्यक्रम समापन गरिने छ ।

राइडरहरूले रोयल इन्फिल्डबाट विशेष उपहार उपलब्ध गराउने कार्यकममा सहभागी हुन  फागुन १६ भित्र  फारम बुझाइसक्नु पर्ने समेत अल्फा अटोमोटिभले जानकारी दिएको छ ।