काबुलमा कार बम आक्रमण

काबुलमा कार बम आक्रमण

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ १७, २०७६

काठमाडाै‌ । अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस घाइते भएको पनि समाचार छ । 

क्वाला–ए–वाजिर इलाकामा रहेका विदेशी सैनिकमाथि लक्षित गरी बम बिस्फोट गराइएको गृह मन्त्रालयका प्रवक्ता नसरातुल्लाह राहिमीले जानकारी दिए । 

घटना काबुल शहरको पूर्वतर्फ काबुल–जलालाबाद सडकमा भएको हो । स्थानीय समय अनुसार बिहान ८।४० मा भएको उक्त घटनाका घाइतेको उद्धार कार्य जारी रहेको पनि राहिमीले बताए ।  

शक्तिशाली बम बिस्फोट भएकाले मृत्यु हुनेको संख्या  बढ्न सक्ने पनि प्रवक्ता राहिमीले बताए । विगत दुई दिनभित्र काबुलमा बिस्फोट गराइएको यो दोस्रो घटना हो । 

बिहीबार सैनिक कलेजलाई लक्षित गरी भएको बिस्फोटमा सात जनाको ज्यान जानुका साथै अरु छ जना घाइते भएका थिए ।

उक्त दुबै घटनामा कसैले हालसम्म जिम्मेवारी लिएका छैनन्, तर अफगानिस्तानमा सक्रिय तालिबानी समूहको घटनामा संलग्नता हुनसक्ने आशंका सहितकाे समाचार सिन्हवाले प्रकाशित गरेकाे छ ।