हरि राई को नयाँ गीत आपा आमा नामक गीत  सार्वजनिक (भिडियोसहित)

हरि राई को नयाँ गीत आपा आमा नामक गीत  सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन १५, २०७९

काठमाडौँ । गीतकार तथा गायक हरि राई को  नयाँ गीत आपा आमा  सार्वजनिक भएको छ ।

आपा आमाहरुले आफ्ना नानीहरूको लागी कति त्याग र तपस्या गरि हुर्काएका हुन्छ तिनै कुराहरुको अघार मानी  तयार पारिएको गीत मा हरी राईको शब्दमा गायक तथा सङ्गीत अशोक मुकारुङले लय भरेका छन् र स्वयम गीतकार हरि राईको स्वर मा रेकड भएको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ ।

राजु कार्कीको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकड़िङ योगेन मुकारुङ र मिक्सिंङ मुस्कान मुकारुङ ले गरेका हुन्। गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘हरी राई ’ मार्फत् सार्वजनिक गरिएको छ ।भिडियोमा योगेन मुकारुङको छायांकन र जीवन मुकारुङको सम्पादन रहेको छ ।

खोटाङ जिल्ला स्थित दिप्रुङ चुइचुम्मा  गाउँपालिका वडा नं ४ मा जन्मिनु भएका गायक तथा गीतकार हरि राई, बिगत दुई दशक देखि अमेरिकाको बोस्टन मा बसोबास गर्दै आउनु भएको  छ ।

परदेशको कार्य व्यस्तताका बिच समयलाई सदुपयोग गर्दै उहाँले नेपाली गीत सङ्गीतमा आफूलाई समर्पित गर्दै आउनुभएको छ । हालसम्म आधा दर्जन गीतमा स्वर र एक दर्जन गीत लेखि सक्नु भएको छ ।  छोटो समयको लागी स्वदेश आउनु भएका गीतकार तथा गायक हरि राई अब आउने गीत रेकडिङमा ब्यास्त हुनु हुन्छ 

हरि राई को  नयाँ गीत आपा आमा  यहाँ क्लिक गरेर सुन्न सकिन्छ ।