विद्युतीय सवारी साधन खरिद गर्नको लागि कर्जा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर

विद्युतीय सवारी साधन खरिद गर्नको लागि कर्जा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १६, २०७९

कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का बिच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागि कर्जा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर कुमारी बैंकले जनाएको को छ ।

कुमारी बैंकका अनसार   पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरूबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन्, साथै कर्जाको अवधी ८ वर्ष सम्म रहने प्रावधान राखिएको छ ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता  बैंकले   जनाएको छ ।