जनता समाजवादी पार्टी कोशी प्रदेश अध्यक्षमा दीपक याक्खा

जनता समाजवादी पार्टी कोशी प्रदेश अध्यक्षमा दीपक याक्खा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको बैठक सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय समिति पुनर्गठन गरेको जसपाले जनाएको  छ । 

समितिको उपाध्यक्षहरुमा सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दिपेश राई छन् भने मुख्यसचिवमा घनश्याम कटुवाल चयन भएका छन् । समितिको सचिवहरुमा घनराज सुब्बा, हस्तशोभा राई, शान्ता घतानी, तेजमाया दुमी, सुब्बालाल मेहता र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् । 

बैठकले प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सरकारसँग समन्वय गर्नका लागि प्रदेश इन्चार्ज समेत रहेका कार्यकारिणी समिति सदस्य रकम चेम्जाङ, अध्यक्ष दीपक याक्खा र मुख्य सचिव घनश्याम कटुवाललाई जिम्मेवारी दिएको छ । 

त्यस्तै पार्टी संगठनलाई व्यवस्थित गर्न जिल्ला र १४ वटै जिल्ला अन्तर्गतका पालिका स्तरीय समितिहरुलाई आवश्यक्ता अनुसार गठन, पुनर्गठन गर्न गराउन पदाधिकारीहरुलाई जिम्मेवारी तोकेको छ ।