मिश्र प्रतिष्ठानद्वारा प्रा.डा. रविलाल अधिकारी निधनप्रति दुःख व्यक्त

मिश्र प्रतिष्ठानद्वारा प्रा.डा. रविलाल अधिकारी निधनप्रति दुःख व्यक्त

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७९

भक्तपुर । युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानले एक वक्तव्य जारी गर्दै वि.सं. २०५२ सालमा 'युद्ध प्रसाद मिश्र स्मृति पुरस्कार' बाट पुरस्कृत एवम् सम्मानित प्रगतिवादी साहित्यकार तथा समालोचक प्रा.डा. रविलाल अधिकारीको २०७२ फागुन १५ गते भएको दुखद् निधनप्रति दुःख व्यक्त गरेको छ ।

वक्तव्यमा प्रतिष्ठानले युद्ध प्रसाद मिश्र स्मृति पुरस्कारलगायत विभिन्न पुरस्कारहरू प्राप्त गर्नुभएका  साहित्यकार अधिकारीले साहित्यिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक रुपान्तरणका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको समेत स्मरण गरेको छ । नेपली साहित्य जगतलाई दर्जनौ कृतिहरू दिएका अधिकारीको निधनका कारण नेपाली साहित्यका क्षेत्रमा अपूरणीय क्षति पुगेको छ कुरा वक्तव्यमा उल्लेख गरिएको छ ।