उत्रियो एकीकृत समाजवादी स्ववियु निर्वाचनमा: घनश्याम भुसालको संयोजकत्वमा संयोजन तथा वार्ता समिति

उत्रियो एकीकृत समाजवादी स्ववियु निर्वाचनमा: घनश्याम भुसालको संयोजकत्वमा संयोजन तथा वार्ता समिति

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा क्रमशः  आगामी चैत्र ३, ५ र ८ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न तीन वटा समिति गठन गरेको एकीकृत समाजवादीले जनाएको छ । 

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार पार्टी सचिवालय सदस्य घनश्याम भुसालको संयोजकत्वमा स्ववियु निर्वाचन, २०७९ संयोजन तथा वार्ता समिति, पोलिटब्युरो सदस्य तथा विद्यार्थी फाँट इञ्चार्ज रामकुमार भट्टराईको  संयोजकत्वमा  स्ववियु निर्वाचन, २०७९ परिचालन समिति र पिताम्बर तिम्सिनाको  संयोजकत्वमा स्ववियु  निर्वाचन, २०७९ स्वयंसेवक परिचालन समिति गठन गरेको छ । 

स्ववियु निर्वाचन, २०७९ संयोजन तथा वार्ता समितिमा सदस्य उपमहासचिव क्रमशः  प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर सदस्य, डा. विजय पौडेल, जगन्नाथ खतिवडा सचिव द्वय राजेन्द्र राई र रामकुमारी झाँक्री, पोलिटब्युरो सदस्यद्वय रामकुमार भट्टराई र दिलु पन्त केन्द्रीय द्वय लक्ष्मण के. सी. र  मोहन गौतम रहनु भएको छ । 

प्रेस विज्ञप्तिको पूर्णपाठ