प्रभु ग्रुपकी कर्मचारी लामाद्वारा गुण्डा परिचालन ! ८१ बर्षीय बाउ मानवअधिकार आयोगको शरणमा

प्रभु ग्रुपकी कर्मचारी लामाद्वारा गुण्डा परिचालन ! ८१ बर्षीय बाउ मानवअधिकार आयोगको शरणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०७९

काठमाडौँ । काठमाडौं महानगर ४ धुम्बाराही बस्ने ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै प्रधानमन्त्रीलाई पत्र लेख्दा पनि कुनै सुनवाई नभएपछि आफ्नै  कान्छी छोरी कुसुम लामा तामाङ बाट आफू अन्यायमा परेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग गुहारेका छन् ।

आफ्नो आर्जनले किनेर छोरीका नाममा राखेको घरजग्गा आफूलाई थाहै नदिई बेचिदिएर आफू घर न घाटको बनेको पीडासहितको निवेदन सर्वजितले आयोगमा दिएका हुन् ।
फागुन १९ गते शुक्रवार पुल्चोकस्थित आयोगको केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेको सर्वजीतले जानकारी दिएका हुन् ।

८१ वर्षीय सर्वजीतले आफ्नी तीन छोरीमध्ये कान्छी छोरी कुसुम लामा तामाङबाट आफूलाई अन्याय परेको ब्यहोरा निवेदनमा खुलाएका छन् । प्रभु ग्रुप अन्तर्गतको उच्च ओहदामा कार्यरत कुसुम लामाले आफ्नै बाउका विरुद्ध गुण्डा परिचालन गरे पछि जीउधनको सुरक्षाको लागि राष्ट्रिय मानवअधिकार आयोग गुहार्न बाध्य भएका हुन ।

राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता गराइएको निवेदनमा सर्वजीतले भनेका छन्- यतिबेला मेरो घरमा अनधिकृत मानिसहरू आउने तथा थर्काउने गरिरहेका छन्। महानगरीय प्रहरी वृत्त महाराजगन्जको क्षेत्राधिकारमा पर्ने मेरो घरमा गुन्डाहरू प्रयोग गर्ने, अनधिकृत रूपमा जोकोहीलाई भाडा लगाउने जस्ता क्रियाकलाप भइरहेका छन् । ८१ वर्षको उमेरमा म बुढोलाई घरबाट निकाल्ने प्रपञ्च भइरहेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा म बुढोलाई मानसिक तनाव दिने काम भइरहेको छ । एकलौटी रूपमा मेरो घरजग्गा  बेचिएकाले सो बदर हुनुपर्छ र मैले नै भोगचलन गर्न पाउनुपर्छ । अनि मेरो घरमा भइरहेको गुण्डागर्दी तत्काल रोकियोस् भनी यो निवेदन पेस गर्दछु ।

उनले आफू बसिरहेको घरमा अनधिकृत मानिसहरू प्रवेश गरी होहल्ला गर्ने र आफूलाई मानसिक यातना पुर्‍याउने काम भइरहेको जनाएका छन् । पत्रमा उनले आफू एक्लो र अलपत्र परेको उल्लेख गरेका छन् ।

सर्वजीतले कानून नजान्ने भएको उल्लेख गर्दै आफू आधा दर्जन मुद्दामा जकडिएको जनाएका छन् । उनले आफूसँग मर्नु वा मानवअधिकार तथा न्याय माग्नेबाहेक अरू बाटो नभएको जनाएका छन् । 

यो पनि 

प्रभु ग्रुपको आडभरोसामा आफ्नै छोरीबाट बाउको बिल्लीबाठ: ८१ वर्षीय बाउको प्रधानमन्त्रीसँग हारगुहार

सर्वजीत सिंह तामाङले  राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनको पूर्णपाठ