रीता शेर्पाको ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया

रीता शेर्पाको ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २०, २०७९

काठमाडौँ ।  ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको  छ ।  

 अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आउनु भएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो । अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिकरूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिनुभयो । 

   ग्रीनसिटी अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्दै आएको अध्यक्ष टण्डनले बताउनुभयो । शेर्पाको शल्यक्रिया गर्ने डा रुपा झाले बिरामीको तत्काल शल्यक्रिया गर्दा स्वास्थ्यमा अन्य धेरै समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न जाँच गरी शल्यक्रिया सफलतापूर्वक गर्न सफल भएको बताउनुभयो ।