'अनेसास डायस्पोरा साहित्य रत्न पुरस्कार'  वरिष्ठ साहित्यकार मोहन सिटौलालाई

'अनेसास डायस्पोरा साहित्य रत्न पुरस्कार'  वरिष्ठ साहित्यकार मोहन सिटौलालाई

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन २४, २०७९

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला ' अनेसास डायस्पोरा साहित्य रत्न पुरस्कार'  २०२३ बाट सम्मानित गरिने भएको छ। 

सो निर्णय अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो। 

सम्मानित हुनुहुने सिटौलाको साहित्य सिर्जना, अनुवाद र संस्थागत योगदानको उचित मूल्यांकन  गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ  । वि. सं. २००० बैशाख ८ चुहानडाँडा, आठराई, तेह्रथुममा जन्मिनु भएका सिटौलाका 'केही विवेचना (समालोचना),'गोठालाहरु' (निबन्ध सङ्ग्रह),'अर्को प्रहर', र 'नयाँ मुलुकको नाद' (कविता सङ्ग्रह),'परि भ्रमण'  (यात्रा निबन्ध),'संघर्ष किन र' 'नाटक','वाण्डेरिङ एस्सेज'(अङ्ग्रेजी समालोचना), 'नवआलोक' (वृहत काव्य), 'सिद्दि-सुधा'(आधुनिक महाकाव्य), 'जीवन बाँसुरी' (गीति सङ्ग्रह), 'द न्यु ब्रेथ' (अङ्ग्रेजी कविता सङ्ग्रह) लगायतका कृतिहरु प्रकाशित रहेका छन्। 

सिटौला भानु पुरस्कार, नेपाल सरकारबाट देवकोटा राष्ट्रिय साहित्य पुरस्कार २०७७ तथा अमेरिकाको पोयट सोसाइटी अफ अस्टिनबाट 'कवि राजदुत'बाट सम्मानित भइसक्नु भएको छ । 

अध्यक्ष पूजाका अनुसार अनेसास डिसी मेट्रो च्याप्टरको संस्थापक अध्यक्ष र केन्द्रीय अध्यक्षसमेत रहेका सिटौलाको साहित्यिक योगदान र संस्थागत नेतृत्वको सम्मानस्वरूप सो पुरस्कार प्रदान गरिने भएको हो।