नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानद्वारा मेधा विद्यालयसहित ध्रर्व मधुकर्मी र प्रा.डा. भूचन्द्र बैद्य पुरस्कृत

नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानद्वारा मेधा विद्यालयसहित ध्रर्व मधुकर्मी र प्रा.डा. भूचन्द्र बैद्य पुरस्कृत

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २७, २०७९

भक्तपुर ।  नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानको आठौँ वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह भक्तपुरको मेधा माध्यामिक विद्यालय तेखापुखुको  सभाहल एक  समारोह बिच आज २०७९ फागुन २७  गते  शनिबार सम्पन्न भएको छ । 

प्रज्ञा दिनेशराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानद्वारा स्थपति विभन्न तीनवटा विधाका नगद २५ हजार सहित प्रमाण पत्रले  पुरस्कृत व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको  थियाे । 

प्रतिष्ठानद्वारा स्थापित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’  साहित्यिक पुरस्कारबाट वरिष्ठ साहित्यकार  ध्रर्व मधुकर्मीलाई, अर्थविद तथा आध्यात्मिक चिन्तक तथा अन्वेषक प्रा.डा. भूचन्द्र बैद्यलाई  ‘नित्यराज पाण्डे ज्ञान विज्ञान पुरस्कार’  र  अर्को पुरस्कार ‘सिद्धराज, विद्या कुमारी, देवकुमारी शैक्षिक पुरस्कार’ भने भक्तपुरको मात्र नभइ राष्ट्रको नमुना सामुदायिक विद्यालय मेधा माध्यामिक विद्यालय तेखापुखुलाई प्रदान गरिएको थियो ।  

मदन पुरस्कार विजेता  नित्यराज पाण्डे कि छोरी तथा  प्रतिष्ठानकी सदस्य सुनिता पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा दिनेशराज पन्त,  पुरस्कृत व्यक्तित्वहरु ध्रर्व मधुकर्मी, प्रा.डा. भूचन्द्र बैद्य र पुरस्कृत विद्यालयका प्राधानाध्यापक श्याम हाडा लागयतका लगायतका वक्ताहरूले नित्यराज पाण्डेले साहित्यिक क्षेत्रमा पुर्‍याउनु भएको योगदान र पुरस्कारको गरिमाको बारेमा चर्चा गर्नु भएको थियो । 

कार्यक्रमको सुरुमा प्रतिष्ठानका  नवनियुक्त सदस्य विमलेन्द्र मिश्रले साहित्यिक व्यक्तित्व नित्यराज पाण्डेको  बारेमा र उत्तम नारायण प्रधानले पुरस्कृत व्यक्तित्वहरूको बारेमा प्रकाश पार्नु भएकाे थियो भने कार्यक्रम नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठान अध्यक्ष नारायणराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।