योगशिक्षाको पाठ्यपुस्तक छपाई अन्तिम चरणमा

योगशिक्षाको पाठ्यपुस्तक छपाई अन्तिम चरणमा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ १८, २०७६

काठमाडौँ । योग शिक्षालाई विद्यालयस्तरमा राखिने  तयारी थालिएको छ । 

शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग विषयलाई सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याउन पुस्तक छपाई को काम भइरहेको जानकारी दिनु भएको छ । 

‘नेपाल सरकारले योगलाई प्राथमिकतामा राखेको छ’, योग युनिभर्सिटी अफ अमेरिकाले बिहीबार आयोजना गरेको नेपाल–भारत योग प्रवद्र्वन कार्यक्रममा मन्त्री पोखरेलले उपरोक्त जानकारी दिनुभएको हो । नेपालमा चार वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई पटक योग दिवस हरेक वर्ष (माघेसङ्क्रान्ति र २१ जुनलाई) मनाइँदै आएको  छ । 

नेपालमा योगलाई ‘योगा’ भन्दै शब्द उच्चारण गरिँदै आएकोमा त्यसमा समेत ध्यान दिन पनि मन्त्री पोखरेलले सुझाव दिनुभएको थियो । 

नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले केही समयपछि नै नेपालमा योगलाई प्राज्ञिक रूप दिइने तयारी भइरहेको जानकारी दिनुभयो । ‘नेपाललाई योगको प्रमुख थलोको रूपमा विकास गर्नुपर्छ, सोही अनुसारको गतिविधि पनि सञ्चालन गरिनुपर्छ’ कुलपति उप्रेतीले  आग्रह थियो । सो अवसरमा भारतीय योग गुरु अरुणमल्लिदेव पादशान्तिले योगलाई विश्वस्तरमा प्रचारप्रसार र विस्तार गर्दै जानु आवश्यक रहेको समेत बताइएको थियो ।