सभामुख घिमिरेलाई आफ्नो अभिव्यक्ति प्रति क्षमायाचना गर्न अनलाइन पत्रकार संघको माग

सभामुख  घिमिरेलाई आफ्नो अभिव्यक्ति प्रति क्षमायाचना गर्न  अनलाइन पत्रकार संघको माग

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७९

काठमाडौँ ।  अनलाइन पत्रकार संघले  एक प्रेस विज्ञप्ति जरी  सम्माननीय सभामुख देवराज घिमिरेले ‘पत्रकारहरु बिक्रीमा रहेको‘’ भनी दिएको अभिव्यक्तिप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ।

संघका सचिव गोविन्द मरासिनीद्वरा जारी  विज्ञप्तिमा भनिएको छ- राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख पदमा बसेका सभामुखबाट सार्वजनिक रुपमै यस्ता प्रेस विरोधी अभिव्यक्ति दिनु शोभनीय नरहेको र अनलाइन मिडियाको स्वच्छता माथी समेत प्रहार भएको हाम्रो ठहर छ । यस्ता अभिव्यक्तिले प्रेस कानुन र अझ अनलाइन पत्रकारिता सम्बन्धी कानुन निर्माण गर्दा स्वेच्छाचारी ढंगले हुने त होइन रु भन्ने प्रश्न समेत खडा भएको छ ।

प्रेस स्वतन्त्रता र विश्वसनीयता विरुद्ध दिएको अभिव्यक्तिप्रति सभामुखले क्षमायाचना गर्दै संसदबाट प्रेसमैत्री कानुन निर्माणमा सहजीकरण गर्नका लागि संघ जोडदार माग गर्दछ । अन्यथा, संघ जस्तोसुकै संघर्ष गर्न पनि बाध्य हुनेछ ।    

तसर्थ, आगामी दिनमा राज्यले नै चौथो अंग पत्रकारितामाथि सार्वजनिक अभिव्यक्ति दिँदा समग्र पत्रकारिताको स्वच्छता माथी ख्याल गर्न सम्बन्धित सबैप्रति अनुरोध समेत विज्ञप्तिमा  गरिएको छ ।