यस पटकको  पहिचान पुरस्कार भोजपुरको चखियामा प्रदान

यस पटकको  पहिचान पुरस्कार भोजपुरको चखियामा प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ५, २०७९

भोजपुर । नेपाल प्रज्ञ प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा पहिचान पुरस्कार प्रदान गरिएको छ ।

२०७८(२०२२) को पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिएको हो ।  

पुरस्कृत ब्यक्तिको आफ्नो धार्मिक संस्कार अनुसार यस कोषले शिर उभाई पुरस्कार प्रदान गर्दै आएको छ ।  तिनै जना स्रष्टाहरूलाई आफ्नो धार्मिक संस्कार अनुरुप, नाक्छोङ/फेदाङ्मा जितु राईबाट शिर उभाएर (सायाचोक्मा/मांगेना) गरिएको थियो । फोहोर साल पुरस्कृत भएका स्रष्टाहरू श्याम शाह र अनन्त वाग्लेलाई पण्डितद्वारा स्वस्थिक वाचन गर्दै आरती बालेर गरिएको थियो । 

कुलपति भुपाल राईले आफ्नो मन्तब्य राख्दै भन्नु भयो,  काठमाडौँबाट पहिचानको बिषयमा सम्बत गर्दै आयौ ।  हलेसी आई पुग्यौ । त्यो हेत्छाकुप्पाले बसेको ठाउँ रैछ ।  त्यो त्रिधाम हो तर किरातीहरुको पहिचान चाँही नस्ट हुँदै गई रहेको रहेछ ।  त्यसले धेरै पिरोलो ।  

यस पुरस्कारले लेखकहरूलाई सम्मान मात्र गरेको छैन । उनीहरुको आर्थिक पक्षलाई पनि टेवा पुराएको छ । यो एउटा अभियानबाट निर्माण गरिएको पुरस्कार भएकोले यसले आफ्नै महत्व र पहिचान बोकेको छ । टेम्के शिर भएको सुन्दर ठाउँ चखिया अझ त्यसमा पनि मुन्दुम पथको एउटा महत्वपूर्ण ठाउँमा आउन पाएकोमा आयोजक लगायत स्थानीय बासीलाई कुलपतिले धन्यवाद दिनुभएको थियो । 

सृजनशील अराजकता  आन्दोलनका अभियान्ता कवि हाङयुङ अज्ञात कार्यक्रमको विशेष अतिथी हुनु हुन्थ्यो। अन्य अतिथिमा सृजनशील अराजक आन्दोलनका अभियान्त, पहिचान पुरस्कार विजेता प्राज्ञ राजन मुकारुङ, प्राज्ञ मुना राज शेर्मा, प्राज्ञ चन्द रानोहँछा, गाउँपालीका अध्यक्ष सरोज बस्नेत, सुस्मा रुपाबुङ  पूर्व अध्यक्ष धुर्व राज राई, वार्ड अध्यक्ष हर्कराज राई (रुकेश) वार्ड नौ वार्ड अध्यक्ष नवराज राई, राजेश विद्राही, कृष्ण बराल, देवान किराती, विराट किराती, ईच्छा पुर्ण राई, राम चन्द्र राई, प्रकाश दिपसाली, सेलीङ केसी, सांङ्सेन पन्धाक, केजी सुब्बा, ईन्द्र नारथुङ्गे, पावी हाङ राई, सविता फागो, करुणा राई, मुकुन्दा प्रयास, पर्वत राई, कमलजंग राई, ओम डिसि आर, केशर राई, जयन्ती जुब्लि किराती, ईन्द्रसुर वेल्टारे, शंकर देव राई, एकसन राई, विवेक राई, नविन मास्के, मनिता खिम्दुङ, अधिराज राई, बालकुमार राई, नेत्र राई, प्रदुङ्ना घिमीरे लगायतको उपस्थिती रहेको थियो ।

 सबैलाई अतिथिको रुपमा गुराँसको माला पहिराई सम्मान गरिएको थियो । कार्यक्रमको व्यावस्थापन टेम्के मैयुङ गाउँ पालीका, नव प्रतिभा युवा क्लव, चखिया ब्यवस्थापन समिति र टेम्के मैयुङ गाउँ पालीका वार्ड नम्बर ४ को चोक्ला कातिकेद्वारा गरिएको थियो । पुरस्कारका संस्थापक नरेश काङमाङ राईको अध्यक्षतामा प्रदान गरिएको कार्यक्रमको स्वागत मन्तब्य बोर्डका अध्यक्ष प्रकाश नुमीहाङ राईले गर्नु भएको थियो भने कार्यक्रम संचालन जिवन किरातीले गर्नु भएको थियो ।