एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल (विज्ञप्तिसहित)

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ५, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले हाल कायम रहनुभएका महासचिव डा बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ । 

नेकपा (एमाले) मा पूर्व उप महासचिवको जिम्मेवारी पूरा गर्नु भएका भुसाल बाम आन्दोलनमा बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ । 

त्यसैगरी सचिवालयको बैठकले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशबलाल श्रेष्ठ र धर्मनाथ साहलाई सचिवालय सदस्यमा मनोनयन गर्नुका साथै सरकारलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय समेत गरेको छ ।