रोयल इनफिल्ड मोटरसाइकलको नयाँ शो रुम : नारायण चौर र बालकुमारीमा

रोयल इनफिल्ड मोटरसाइकलको नयाँ शो रुम : नारायण चौर र बालकुमारीमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र ५, २०७९

काठमाडौँ ।रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि‍‍ ले कम्पनीको मापदण्ड अनुसार काठमाडौँको नारायण चौर नक्साल र कोटेश्वर बालकुमारी पुल नजिकै अत्याधुनिक दुइ वटा शो रुम निर्माण गरेकाे जनाइएको छ । 

रोयल इनफिल्ड मोटरसाइकल जारी प्रेस विज्ञप्तिका अनुसार   २०७९/१२/५ गते त्रिवेणी ग्रुपका अध्यक्ष  पुरुषोत्तम लाल संघाईले विशेष कार्यक्रमका बिच समुद्घाटन गरि संचालनमा ल्याएको छ।  

रोयल इनफिल्ड मोटरसाइकल शो रुम ' वाइकर्स होमको' अवधारणामा निर्माण गरिएको छ।शो रुमबाट बाइक, राइडिंग गियर, जेन विन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्रि तथा बिक्रि पछाडिका सेवाको ब्यवस्था गरिएको छ। कम्पनीको मुख्य उदेश्य 'ग्राहक सन्तुष्टि नै हाम्रो सन्तुष्टि रहेको छ ।'

रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ।  

अल्फा अटोमोटिभ प्रा. लि. ले आफ्नो एवं डिलर समेत गरि कम्पनी मापदण्डका हाल ६ वटा (नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शो रुम संचालन गरिरहेको छ भने चैत्र महिना भित्र थप ४ वटा (बिर्तामोड, टाँडी, सुर्खेत र भक्तपुर) संचालनमा आउनेछन् र असाढ महिना भित्र थप ८ वटा (बिराटनगर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ्ग, नेपालगंज र त्रिपुरेश्वर) संचालनमा ल्याएर कुल १८ वटा  शो रुमबाट बाइक बिक्रि, गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ्ग लगाएतका सेवा प्रदान गर्नेछ। 

अल्फा अटोमोटिभ प्रा. लि. त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो।त्रिवेणी ग्रुपले उत्पादनमुलक उधोग ब्यवसाय, बैङ्किङ्ग, बिमा,  एवं  सर्भिस  सेक्टरमा  कार्य गरिरहेको समेत प्रेस विज्ञप्तिमा उल्लेख छ।