युक्रेन युद्धमा  चीन र पश्चिमा देशको दौडधुप र स्वार्थमा प्रतिश्पर्धा !

युक्रेन युद्धमा  चीन र पश्चिमा देशको दौडधुप र स्वार्थमा प्रतिश्पर्धा !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ८, २०७९

जापानी प्रधानमन्त्री फुमियो किशिदा आइतबारदेखि चार दिन लामो भारत भ्रमणमा निस्किएका थिए । उनले भ्रमणका क्रममा सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरे । भेटका क्रममा केही महत्वपूर्ण समझदारी समेत भए । जापान जी–७ र भारत जी–२० को अध्यक्ष राष्ट्र हुन् । त्यसैले दुई शक्ति राष्ट्रका नेताहरुको भेटलाई विश्वले नै नियालेको थियो । किशिदा चार दिन भारतमा रहने भन्दै एक साताअघि नै उनी निकट सञ्चारमाध्यमले सूचना दिएका थिए । तर उनको भारतमा चार दिनसम्मको भ्रमणको पूर्ण कार्यतालिका सार्वजनिक गरिएको थिएन । सोमबार भारतीय प्रधानमन्त्रीसँगको छलफल लगत्तै किशिदा पोल्याण्ड हुँदै युक्रेन पुगेका छन् । 

यही बेला विश्वको दोस्रो ठूलो अर्थतन्त्र र उदाउँदो शक्ति चीनका राष्ट्रपति सी जिनपिङ मस्को भ्रमणमा छन् । दुई नेताको भ्रमणको उद्देश्य नितान्त फरक छ । चिनियाँ राष्ट्रपति युक्रेन युद्ध रोक्न र वार्ताको वातावरण बनाउन मस्को पुगेका हुन् भने किशिदा रुसको विरोध गर्न र युक्रेनलाई युद्धमा सहायता घोषणा गर्न युक्रेन पुगेका हुन् । 

गत फेब्रुअरीमा युक्रेन युद्धको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडेन सुटुक्क युक्रेन पुगेका थिए । त्यसैको सिको गर्दै किशिदा पनि युक्रेन पुगेका हुन् । पश्चिमा र खासगरी जी–७ देशहरुले युक्रेन युद्धलाई लम्ब्याउने गरी हतियार र सहयोग एकतर्फी रुपमा बढाउँदा परिस्थिति झनै जटिल बन्दै गएको छ । 

पछिल्लो समयमा जापान र चीनको सक्रियताले युक्रेन युद्धको प्रति छायाँ एसियाली देशमा परिरहेको देखिन्छ । जापान र चीनका शीर्ष नेताको युक्रेन र रुस भ्रमणले यही संकेत गर्छ । 

गत महिनामात्रै युक्रेन भ्रमण गरेका अमेरिकी राष्ट्रपतिले हतियार र युद्ध सामग्री दिने बाचा गरेका थिए । जापानी प्रधानमन्त्री किशिदाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पुनर्निर्माण र मानवीय सहायताको क्षेत्रमा सहयोग गर्ने वाचा गरेका छन् । चिनियाँ राष्ट्रपति सीले चाहिँ पुटिनलाई असल मित्र र साझेदारको रूपमा वर्णन गर्दै युक्रेन युद्ध वार्ताका माध्यमबाट रोक्न आग्रह गरेका छन् । 

चिनियाँ राष्ट्रपति सी जिनपिङ मस्को पुगेको भोलिपल्ट जापानी प्रधानमन्त्री फुमिओ किशिदा किभ पुगेका हुन् । एशियाका प्रतिस्पर्धी दुई देशका नेताहरूको यो समानान्तर भ्रमणले विश्व राजनीतिमा गहिरो अर्थ राख्छ । युक्रेन युद्ध सुरु भएयता सी पहिलो पटक मस्को पुगेका हुन् भने पुटिनसँग उनको यो दोस्रो भेटवार्ता हो । चिनियाँ राष्ट्रपति सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चार घण्टाभन्दा लामो वार्ता गरेका थिए । सी मस्कोमा उच्चस्तरीय भेटघाट र छलफलमा व्यस्त रहेकै बेला जापानी प्रधानमन्त्री फुमियो किशिदा मंगलबार किभ पुगेका हुन् । यसअघि पनि चीनका उच्च कूटनीतिज्ञ वाङ यीले मस्को भ्रमण गरेका थिए । उनले युक्रेन युद्ध रोक्न वार्ताको प्रस्ताव गरेका थिए । 

गत महिनामात्रै युक्रेन भ्रमण गरेका अमेरिकी राष्ट्रपतिले हतियार र युद्ध सामग्री दिने बाचा गरेका थिए । जापानी प्रधानमन्त्री किशिदाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पुनर्निर्माण र मानवीय सहायताको क्षेत्रमा सहयोग गर्ने वाचा गरेका छन् । चिनियाँ राष्ट्रपति सीले चाहिँ पुटिनलाई असल मित्र र साझेदारको रूपमा वर्णन गर्दै युक्रेन युद्ध वार्ताका माध्यमबाट रोक्न आग्रह गरेका छन् । 

चीनले युक्रेन युद्धमा आफूलाई तटस्थ देखाउन खोजिरहेको छ । तर उसको झुकाव मस्कोति भएको प्रष्ट छ । यद्यपि उसले युद्धलाई वार्तामार्फत समाधानमा जोड दिँदै आएको छ । यसलाई युक्रेनी राष्ट्रपतिले पनि स्वागत गरेका थिए । यता जापान भने युद्धसम्बन्धि आफ्नो नीति नै परिवर्तनको संघारमा छ । दोस्रो विश्वयुद्धपछि कुनै पनि जापानी प्रधानमन्त्रीले युद्धग्रस्त देशको भ्रमण गरेको यो पहिलो घटना हो । विकसित राष्ट्रहरूको समूह जी सेभेनमा आबद्ध देशका नेतामध्ये रुसी आक्रमणपछि युक्रेन भ्रमण नगर्ने नेतामा किशिदा मात्र बाँकी थिए । सी र किशिदाले युद्धमा संलग्न दुई फरक देशमा गरेको समानान्तर भ्रमणलाई रणनीतिक र कूटनीतिक हिसाबले निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भव्य स्वागत गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग मस्कोमा थप वार्ता गरेका छन् । टेलिभिजनमा देखाइएका दृश्यमा दुई नेताहरूले क्रेमलिनमा निकै बेर हिँडेको, हात मिलाएको अनि सैन्य ब्यान्डले एक अर्काको देशको राष्ट्रिय गान बजाउँदा सँगसँगै उभिएको देखिन्छ । चिनियाँ राष्ट्रपति सीले अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पूर्जी जारी गरिएका राष्ट्रपति पुटिनलाई बेइजिङ भ्रमणको निम्तो दिएका छन् । चीनले यो अदालतलाई मान्यता दिएको छैन ।