सत्ता समीकरण परिवर्तनसँगै प्रदेशहरूमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न निर्देशन !

सत्ता समीकरण परिवर्तनसँगै प्रदेशहरूमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न निर्देशन !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १०, २०७९

४ मंसिरको निर्वाचनको परिणामपछि दोस्रो पटक गठबन्धन हेरफेर हुँदा प्रदेशका सरकारमा पनि बदलाव आउने भएको छ । पुस १० गते एमालेसहितका ७ दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमाले र राप्रपासहितका दलले सरकार छाडेर समर्थन समेत फिर्ता लिएका थिए ।

२६ पुसमा प्रधानमन्त्रीले ९९ प्रतिशत भन्दा बढी सांसदको समर्थन पाएका थिए । तर एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिँदा उनले २७५ सदस्यीय संसदमा १७२ जनाको मत प्राप्त गर्ने अवस्थामा पुगे  । 

प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै प्रदेश सरकारहरु पनि परिवर्तन हुने क्रम सुरु हुने भएको छन् । केन्द्रको समीकरण अनुुसार नै प्रदेशहरुमा पनि काँग्रेससहितको सरकार गठन हुन लागेको हो ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल गण्डकी सरकारबाट हटेर नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । प्रचण्डको निर्देशनपछि शुक्रबार बैठक बसेर माओवादी केन्द्रले निर्णय गर्ने तयारी गरेको छ । गण्डकीको मुख्यमन्त्रीका लागि काँग्रेसका सुरेन्द्रराज पाण्डे शीर्ष नेताहरूसँगको छलफलमा छन् ।

अहिलेको सत्ता गठबन्धनलाई अधिकांश प्रदेशमा सरकार गठन गर्न सहज छ । ४ मंसिरको निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको चारवटा प्रदेशमा प्रष्ट बहुमत छ । बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यी दलको बहुमत छ ।

उनलाई चुनावका बेला नै प्रचण्डले मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए । हाल गण्डकीका मुख्यमन्त्री एमालेका खगराज अधिकारी छन् । अधिकारी नेतृत्वको सरकारमा माओवादी २ मन्त्रालय लिएर सहभागी भएको छ । गण्डकीको मुख्यमन्त्रीमा माओवादीका हरिबहादुर चुमानको पनि दाबी छ । उनले अघिल्लो सरकारमै नेतृत्व दाबी गरेका थिए ।

अब शुक्रबार माओवादीले अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिने छन् । माओवादीले समर्थन फिर्ता लिएपछि संविधानअनुसार मुख्यमन्त्री खगराज अधिकारीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकीमा काँग्रेससहितको गठबन्धनबाट सरकारको नेतृत्व आलोपालो गर्नेगरी सरकार गठन गर्ने तयारी छ ।

२७ सिटसहित गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दल छ भने २२ सिट भएको एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र २ सिट जितेको राप्रपा चौथो स्थानमा छन् । मनाङबाट सर्वसम्मत निर्वाचित भएर एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) पनि छन् । ६० सदस्यीय प्रदेशसभा रहेको गण्डकीमा सरकार बनाउन काँग्रेस र माओवादीको बहुमत छ । 

त्यसो त अहिलेको सत्ता गठबन्धनलाई अधिकांश प्रदेशमा सरकार गठन गर्न सहज छ । ४ मंसिरको निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको चारवटा प्रदेशमा प्रष्ट बहुमत छ । बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यी दलको बहुमत छ ।

मधेसमा पनि जसपा र जनमत वर्तमान सत्ता गठबन्धनमा रहेकाले स्पष्ट बहुमत छ । अब अहिलेको सत्ता गठबन्धन अनुसार नै सबै प्रदेशमा नयाँ सरकार बनाउने गृहकार्य अघि बढेको छ । हाल सुदूरपश्चिम एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाए पछि सबैभन्दा ठूलो दल काँग्रेस नेतृत्वको सरकार रहेको छ । कोशी प्रदेश, लुम्बिनी र गण्डकीमा हाल एमालेले, बागमती र कर्णालीमा माओवादीले तथा मधेसमा जसपाले सरकारको नेतृत्व गरिरहेका छन् ।