प्रभु बैंकको  सामाजिक उत्तरदायित्व : १०० जना विद्यार्थीलाई बैंकिङ्ग साक्षरता/ज्ञान प्रदान

प्रभु बैंकको  सामाजिक उत्तरदायित्व : १०० जना विद्यार्थीलाई बैंकिङ्ग साक्षरता/ज्ञान प्रदान

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र १०, २०७९

काठमाडौँ । प्रभु बैंक लि. ले 'ग्लोबल मनी वींक' कार्यक्रम अन्तर्गत ललितपुर जिल्ला स्थित प्रसादी एकेडेमी विद्यालयका कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीहरुले  बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा दुई दिन अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान प्रदान गरेको जनाएको छ । 

प्रभु बैंकका अनुसार २०७९चैत्र ९ गतेका दिन ललितपुर जिल्ला स्थित प्रसादी एकेडेमी विद्यालयका कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीहरुले  बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा दुई दिन अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान  गरेको हो 

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/ सम्पादन हुने विभिन्न क्रियाकलापहरूको अवलोकन तथा अध्ययनका लागि १०० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ४ समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराइएको थियो  । स्थलगत अवलोकनको पहिलो दिनको समापन समारोहमा विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्नुहुँदै प्रभु बैंक का सिनियर नायब प्रमुख कार्यकारी अधिकृत  मनोज न्यौपाने  र दोस्रो दिनको समापन समारोहमा प्रभु बैंक नायब प्रमुख कार्यकारी अधिकृत  मनिराम पोखरेलले  बैंक र बैंकद्वारा सम्पादन हुने सबै किसिमका कार्यहरूका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । 

उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गर्नुभएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले नायब प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशा  समेत राखेका थिए । 

प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरूमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनहरुमा प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध बैंकले गरेको छ ।