कोशी प्रदेश नामकरण विवाद: चैत ५ को घटनाको छानविन गर्न समिति गठन

कोशी प्रदेश नामकरण विवाद: चैत ५ को घटनाको छानविन गर्न समिति गठन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ११, २०७९

काठमाडौँ । नेपाल सरकारले कोशी प्रदेश नामकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ । 

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेकोे र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि आह्वान गरेको छ ।