एमाले झापा जिल्ला नेता  डम्बर गिरी नेकपा एकीकृत समाजवादीमा

एमाले झापा जिल्ला नेता  डम्बर गिरी नेकपा एकीकृत समाजवादीमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १२, २०७९

झापा ।  एमाले झापा जिल्लाका नेता तथा गत स्थानीय तहको निर्वाचनमा हल्दीबारी गाउँ पालिकाको निर्वाचनमा निर्वाचित उपाध्यक्ष  डम्बर गिरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका  छन् । 

एमालेको युवा संघको पुर्व जिल्ला अध्यक्ष समेत रहेका गिरीले गत निर्वाचनमा झापा ३ मा संघीय संसदका लागि स्वतन्त्र उम्मेदबारी दिएका थिए । 

उनले आफ्नो फेसबुकमा लेखेका छन् , आज मिति २०७९ चैत्र ११ गते देखि मेरो  आफ्नो कम्युनिस्ट पार्टीको सदस्यता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नविकरण गरेको घोषणा गर्दछु ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउनका लागि यो पार्टी नै आजको दिनमा सर्वाधिक उपयुक्त मञ्च हो । नेपालका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई समेत नेकपा (एकीकृत समाजवादी) मा समाहित भई नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियानमा सामेल हुन आह्वान समेत गर्दछु ।

उनले झापामा एमालेले राप्रपासँग तालमेल गरेको बिषयलाई आपत्ति जनाउदै एमालेबाट बिद्रोह गरेका थिए । गिरी  झापामा सशक्त युवा राजनीतिकर्मी हुन् । उनको पार्टी प्रवेशले एमालेमा  नयाँ तरङ्ग पैदा गराएको छ ।