२० वटा पोकामा रहेको करीव १ सय ८८ के. जी.  गाँजा सशस्त्र प्रहरीको कब्जामा

२० वटा पोकामा रहेको करीव १ सय ८८ के. जी.  गाँजा सशस्त्र प्रहरीको कब्जामा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १३, २०७९

 सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ गम्हरीया स्थित झिम खोला बाध इलाकाबाट चैत्र ११ गते  २० वटा पोकामा रहेको करीव १ सय ८८ के. जी.  ९ सय ग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको   छ ।

सशस्त्र प्रहरीका अनुसार  नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेका व्यक्तिले उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीलाई देख्ना साथै सोही ठाउँमा
छाडी फरार भएका थिए ।

बरामद गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाईएको छ ।