नागरिक लगानी कोष र आई.एम.ई.लाइफ इन्स्योरेन्स बिच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र आई.एम.ई.लाइफ इन्स्योरेन्स बिच सेयर प्रत्याभूति सम्झौता

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७९

काठमाडौँ । नागरिक लगानी कोषले आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ । 

प्रत्याभूति कर्ता नियुक्ती सम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरेका हुन । 

उक्त इन्स्योरेन्सको १ सय रुपैँया पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैया अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रूपैँयाको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ ।