नुनुवाबाट बेवारिसे अवस्थामा राखेको चामल तथा युरिया मल बरामद

नुनुवाबाट बेवारिसे अवस्थामा राखेको चामल तथा युरिया मल बरामद

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७९

कपिलवस्तु ।   कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ नुनुवाबाट चैत्र १४ गते करीव २ लाख ६७ हजा रुपैयाँ बराबरको ५२ क्विन्टल चामल र साढे ३ क्विन्टल युरिया मल बरामद गरिएको छ ।

 सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार   भारतबाट अवैध रुपले ल्याई बेवारिसे अवस्थामा राखेको उक्त चामल तथा मल सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादापुर र सुठौली भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो ।

बरामद चालम तथा मल सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको समेत सशस्त्र प्रहरील जनाएको  छ ।