सर्वोच्च अदालत बार एशोसिएशन : मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक सच्याउन माग

सर्वोच्च अदालत बार एशोसिएशन : मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक सच्याउन माग

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७९

काठमाडौँ  । सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक न्यायपालिकाको गरिमा र सम्मान कायम राखी पूर्ववत रुपमा सच्चाउन माग अनुरोध गरेको छ ।

 बारको मङ्गलबार बसेको बैठकले उक्त विधेयकलाई मर्यादाक्रम पूर्ववत रहने गरी सच्याउन अनुरोध गरेको अध्यक्ष हरिशङ्कर निरालाले जानकारी दिनुभयो । प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेर गर्ने गरी राष्ट्रियसभामा हालै प्रस्तुत भएको विधेयकको सम्बन्धमा सर्वोच्च बारले ध्यानाकर्षण जनाउँदै सच्चाउन अनुरोध गरेको हो ।

   नेपालको संविधानले अङ्गिकार गरेको शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका र स्वतन्त्र न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य तथा मान्यता विपरीत उक्त विधेयक रहेको सर्वोच्च बारले ठहर गरेको छ ।