वरिष्ठ अधिवक्ता उप्रेतीद्वारा मृत्यु पश्चात् अङ्ग दान दिने मन्जुरीनामा

वरिष्ठ अधिवक्ता उप्रेतीद्वारा  मृत्यु पश्चात् अङ्ग दान दिने मन्जुरीनामा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७९

काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा  नेपाल बार  एशोसिएशनका पूर्व उपाध्यक्ष हरि प्रसाद उप्रेतीले मृत्यू पश्चात अङ्ग दान दिने मन्जुरीनामा दिनु भएको छ । 

वरिष्ठ अधिवक्ता उप्रेतीले दिनु भएको जानकारी अनुसार मृत्यू पश्चात मृगौला/ मुटु/फोक्सो / कलेजो/ प्याङ्क्रियाज/ सानो आन्द्रा  अंग झिकी आवश्यक भएको जुनसुकै विरामी व्यक्तिको शरिरमा प्रत्यारोपण गर्न कानून बमोजिम जानी बुझी स्वेच्छाले मन्जुरीनामा  दिनु भएको हो । 

 ६६ वर्षीय उप्रेती झापास्थित कनकाई नगरपालिका वाड नं ३ को स्थायी बासिन्दा हुनुहुन्छ ।